२०८३ श्रावण ८ गते , शुक्रबार

कक्रोच जनता पार्टीको प्रदर्शनका कारण दिल्लीमा आज पनि 'मेट्रो' बन्द

sajilo news
एजेन्सी
२०८३ श्रावण ७ गते , विहीबार
कक्रोच जनता पार्टीको प्रदर्शनका कारण दिल्लीमा आज पनि 'मेट्रो' बन्द

कक्रोच जनता पार्टीको निरन्तरको प्रदर्शनका कारण भारतको राजधानी दिल्लीको मेट्रो आज पनि बन्द गरिएको छ।  परीक्षा प्रणालीमा भएको धाँधली र बेरोजगारीको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलनले संसद घेराउसम्मको रूप लिएपछि सुरक्षाका लागि दिल्लीका प्रमुख मेट्रो स्टेसन र सडकहरू बन्द गराइएको हो। 

सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा प्रहार गर्दै व्यापक दमन र धरपकड जारी राखेको छ। शिक्षामन्त्रीको राजीनामा र प्रश्नपत्र बाहिरिने समस्याको स्थायी समाधानको माग गर्दै विद्यार्थीहरू सडकमा डटेका छन्। 

प्रदर्शन दिन प्रतिदिन उग्र बन्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार गम्भीर दबाबमा परेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन सरकारले प्रदर्शनकारीहरूलाई वार्ताका लागि आह्वान गरेको छ।  प्रधानन्यायाधीशको एक टिप्पणीविरुद्ध सुरु भएको यो सांकेतिक आन्दोलनमा अहिले प्रमुख विपक्षी दलहरूले समेत ऐक्यबद्धता जनाएका छन्। 

अस्पतालमा राखिएका सामाजिक अभियन्ता सोनम वाङचुकको अनशनले आन्दोलनलाई थप बल पु¥याएको छ। 
दिल्लीको जन्तर–मन्तरबाट सुरु भएको यो युवा आक्रोश अहिले मुम्बई र बेंगलुरुसहित भारतका प्रमुख सहरहरूमा फैलिँदै गएको छ।

सम्बन्धित समाचार