२०८३ श्रावण ५ गते , मंगलबार

स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि, एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

sajilo news
झापा
२०८३ श्रावण ४ गते , सोमबार
स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि, एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो। 

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे। उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो। 

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। 

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको  थियो। स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो। 

फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ उपाधि आफ्नो नाममा सुरक्षित गरेका छन्। अतिरिक्त समयमा पुगेको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकपको उपाधि चुमेको छ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले पराजित भए पनि उक्त खेलमा रियल मड्रिडका स्ट्राइकर एमबाप्पेले दुई गोल गरेका थिए। योसँगै प्रतियोगिताभर उनको कुल गोल संख्या १० पुगेको छ। विश्वकपको इतिहासमा दुई फरक संस्करण (सन् २०२२ र २०२६) मा गोल्डेन बुट जित्ने एमबाप्पे विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले ८ गोल गरेका अर्जेन्टिनाका मेसी, ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घम तथा ६ गोल गरेका ह्यारी केन र ओसमान डेम्बेलेलाई पछि पारेका हुन्।

यस विश्वकपमा एमबाप्पेले सेनेगलविरुद्धको खेलमा २ गोल गर्दै यात्रा सुरु गरेका थिए। त्यसपछि इराकविरुद्ध २ गोल, प्रिक्वाटरफाइनल (राउन्ड अफ ३२) मा स्विडेनविरुद्ध २ गोल, क्वाटरफाइनल (राउन्ड अफ १६) मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १ गोल र सेमिफाइनल (क्वाटरफाइनल) मा मोरक्कोविरुद्ध १ गोल गरेका थिए। 

सेमिफाइनलमा फ्रान्स स्पेनसँग २–० ले पराजित भए पनि तेस्रो स्थानका लागि भएको खेलमा पहिलो हाफमा ४–० ले पछि परेको फ्रान्सलाई पुनरागमन गराउने क्रममा उनले थप २ गोल गरेका थिए। यसअघि २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाका मेसीलाई पछि पार्दै उनले ह्याट्रिकसहित गोल्डेन बुट जितेका थिए।

स्पेनको हातमा उपाधिसँगै व्यक्तिगत अवार्ड

फाइनल खेलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै स्पेनले आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि उचालेको छ। स्पेनका लागि फेरान टोरेसले निर्णायक गोल गरेका थिए। उपाधिसँगै व्यक्तिगत विधाका अवार्डमा पनि स्पेनिस खेलाडीकै वर्चस्व रह्यो।

सम्बन्धित समाचार