२०८३ श्रावण ५ गते , मंगलबार
ठाकुरगञ्जमा भद्रपुरका दुई युवक पक्राउ
भारत–नेपाल सीमामा रहेको विहार किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज क्षेत्रमा विशेष सुरक्षा अपरेसनको क्रममा ठाकुरगञ्ज प्रहरीले शङ्कास्पद अवस्थामा झापा भद्रपुरका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-९ का सयर घिमिरे र युनिस निरौला रहेका छन् ।
उनीहरूलाई ठाकुरगञ्ज बस स्टपनजिकै शङ्कास्पद रुपमा घुमिरहेको अवस्थामा पक्राउ गरिएको हो ।सोधपुछको क्रममा ती दुई युवाहरूले ठाकुरगञ्ज भ्रमणको स्पष्ट र चित्तबुझ्दो जवाफ दिन नसकेको जनाइएको छ । त्यसपछि उनीहरूलाई उप–विभागीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो ।
आवश्यक अनुसन्धान र सोधपुछपछि, अदालतको आदेश अनुसार दुवैलाई न्यायिक हिरासतमा पठाइएको छ । उनीहरूलाई भारतीय दण्ड संहिताको धारा १२८ अन्तर्गत न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।