२०८३ श्रावण ३ गते , आईतबार

झापाको बाह्रदशीमा दिनदहाडै लाखौँको चोरी

sajilo news
झापा
२०८३ श्रावण ३ गते , आईतबार
झापाको बाह्रदशीमा दिनदहाडै लाखौँको चोरी

झापाको बाह्रदशी गाउँपालिका-१ बोक्राझाडीमा शनिबार दिनदहाडै लाखौँको चोरी भएको छ । घरमा कोही नभएको बेला बाह्रदशी १ बोक्राझाडी बस्ने सुनिता राजवंशीको घरबाट नगद ३२ हजार ,सुनको गहना अन्दाजी ६ तोला (सिक्री, औँठी, नेकलेस, झुम्का, मंगलसुत्र) र चाँदीको गहना अन्दाजी ३० तोला (पाउजु, बिच्छी, माला, कम्मरको चाँवी रिङ) चोरी भएको हो । राजवंशीको टिनको छाना इँटाको गारो भएको ४ कोठे घरको फलामको गेटको ताला फोरी चोरी भएको बताइएको छ ।

राजवंशी भागुडुब्बामा होटल गर्ने गरेकी छन् भने उनकी छोरी भूमिका बिर्ताबजारस्थित भाग्य फर्टिलिटीमा काम गर्ने गरेकी छन् । घरमा दुईजना मात्र बस्ने गरेका छन् । घटनाबारे स्थानीयले हिजो साँझ इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए । चोरी गर्नेको हुलिया पहिचान गरी खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार