२०८३ असार २६ गते , शुक्रबार
आज झापासहित ११ जिल्लामा बाढीको जोखिम
आज देशका ११ जिल्लामा बाढीको जोखिम हुने सम्भावना रहेको जानकारी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। बाढी महाशाखाका अनुसार आज सिन्धुपाल्चोकसहित ११ जिल्लाका खोला तथा नदीमा बाढी आउने सम्भावना देखिएको हो।
बाढी महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’