२०८३ असार १८ गते , विहीबार

मेचीनगरमा आगलागी, दुई वटा घर जल्दा १६ लाखको क्षति

sajilo news
झापा
२०८३ असार १७ गते , बुधबार
मेचीनगरमा आगलागी, दुई वटा घर जल्दा १६ लाखको क्षति

मेचीनगरमा आगलागीबाट दुई वटा घर जल्दा १६ लाख बराबरको क्षति भएको छ । आज बिहानको राति १ बजे मेचीनगर ३ भावना चोक बस्ने पूर्णचन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको थियो । सो आगलागीबाट सँगै टाँसिएको गोठ समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट घर आंशिक क्षति भएको र घरभित्र राखिएको भाडा वर्तन, लत्ताकपडा, अन्नपात, सुन आधा तोला, नगद ५० हजार र गोठ समेत पूर्णरुपमा जल्दा १६ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागी मेचीनगर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा बिहान २ बजेपूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार