२०८३ असार १४ गते , आईतबार

इलाममा चट्याङ लागेर एकजनाको ज्यान गयो

sajilo news
इलाम
२०८३ असार १४ गते , आईतबार
इलाममा चट्याङ लागेर एकजनाको ज्यान गयो

इलाममा वर्षासँगै परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ । गएराति १ बजेतिर पानीसँगै परेको चट्याङका कारण इलाम रोङ गाउँपालिका-६ सलकपुर बस्ने ८८ वर्षीय कालूवीर मोक्तानको मृत्यु भएको हो । काठको टाँटी बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा चट्याङले हान्दा टाउको र पेटमा जलेर मोक्तान उत्तानो परी मृत अवस्था फेला परेका थिए ।

चट्याङले विद्युतीय मिटर बक्ससमेत जलेको छ । आज बिहान ८ः३० बजे मोक्तानका नाति लेखराज मोक्तानले देखेर बिहान ९ः३० बजे प्रहरी चौकी जिर्मलेमा जानकारी गराएका थिए । जिर्मलेको प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।

थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रवीण जोशीको कमान्डमा टोली गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार