२०८३ असार १४ गते , आईतबार

कोलम्बिया समूह विजेता, पोर्चुगल बन्यो उपविजेता

sajilo news
एजेन्सी
२०८३ असार १४ गते , आईतबार
कोलम्बिया समूह विजेता, पोर्चुगल बन्यो उपविजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। मीयामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको पहिलो हाफमा कोलम्बिया पोर्चुगलमाथि हाबी रह्यो तर गोल भने गर्न सकेन। पहिलो हाफको हाइड्रेसन ब्रेकपछि पोर्चुगलले केही लय समाएको थियो। केही प्रयासहरु पनि देखियो, तर सफल भने हुन सकेन। 

खेलको दोस्रो हाफमा पोर्चुगल सुरुवाती समयदेखि नै आक्रमक देखिन्थ्यो। सुरुवाति १० मिनेट पोर्चुगल निकै आक्रमक रह्यो। त्यसपछि भने कोलम्बियाले बिस्तारै

आफ्नो लय समायो। खेलमा थप गरिएको तेस्रो मिनेटमा कोलम्बियाले गोल गर्‍यो। तर उक्त गोल अफसाइड घोषित भयो। कोलम्बियाले ३ खेलबाट ७ अङ्क जोड्यो । ‌‌पोर्चुगलले समान ३ खेलबाट ५ अङ्क जोडेर उपविजेता बन्यो।‌ यता ४ अंकसहित डिआर कंगो तेस्रो स्थानमा रहेको छ। यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ। पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ। विश्वकपमा डेब्यु गरेको उज्वेकिस्तान अंकविहीन हुँदै घर फर्किएको छ।

सम्बन्धित समाचार