२०८३ असार ३ गते , बुधबार

दमकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा पूर्वशिक्षकको मृत्यु

sajilo news
झापा
२०८३ असार ३ गते , बुधबार
दमकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा पूर्वशिक्षकको मृत्यु

झापाको दमकमा टिपरको ठक्करबाट एकजना पूर्व शिक्षकको मृत्यु भएको छ । आज बिहान ९:५५ बजेतिर दमक-९ स्थित निम्स अस्पताल अगाडिको पूर्व-पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११ प १६२० नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिएको थियो ।

स्कुटरमा सवार दमक-५ ज्येष्ठ नागरिक टोलका अन्दाजी ६० वर्षीय भीमबहादुर कार्की गम्भीर घाइते भएका थिए । टाउको ,दाहिने हात , अनुहारलगायतका भागमा चोट लागेका कार्कीलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटरको पछाडि सवार गौरीगन्ज-१ बस्ने ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन् ।कार्की झापाको तत्कालीन महाभारास्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुन् ।

ठक्कर दिएर फरार भएका टिपर र टिपर चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । खोजतलास गर्ने क्रममा दिउँसो १२ः३० बजे प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपर र टिपर चालक गौरादह -०९ बैगुनधुरा बस्ने २९ वर्षीय दीपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार