२०८३ जेष्ठ २७ गते , बुधबार

सुधन गुरुङ आजै गृह मन्त्रालय फर्किँदै, विज्ञानमन्त्रीमा महावीर पुन!

sajilo news
काठमाडौं
२०८३ जेष्ठ २६ गते , मंगलबार
सुधन गुरुङ आजै गृह मन्त्रालय फर्किँदै, विज्ञानमन्त्रीमा महावीर पुन!

प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाका सांसद सुधन गुरुङ तथा स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।

श‍ाहले गुरुङलाई गृहमन्त्री तथा पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गरेको उच्च स्रोतले जनाएको छ। नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

यसअघि गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका विभिन्न विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ।

पुन भने भदौ २३-२४ को आन्दोलनपछि बनेको अन्तरिम मन्त्रिमणडलमा शिक्षामन्त्री थिए। उनी गत फागुन २१ मा भएको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए।

सम्बन्धित समाचार