तृणमूल कांग्रेसका नेता जहाँगीर खान काँकडभिट्टाको होटलबाट पक्राउ
तृणमूल काँग्रेसका नेता तथा पूर्व विधायक जहाँगीर खानलाई आज बिहान पश्चिम बंगाल प्रहरीले नेपाल– भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । उनलाई भारतको सीमानजिकै काँकडभिट्टाबाट पक्राउ गरिएको जनाइएको छ । उनले सीमा पारी नेपालतर्फ भाग्ने प्रयास गरिरहेका थिए । गत महिना फाल्टा पुनः निर्वाचनबाट फिर्ता लिने तृणमूल काँग्रेसका उम्मेदवार जहाँगीर खानलाई विशेष कार्यदल (एसटीएफ) ले नेपाल सीमा नजिकैबाट पक्राउ गरेको जनाइएको छ। उनीमाथि बीजेपीको चुनाव चिन्हमा एएमईवीएममा लगाइएको आरोपसहित धेरै एफआईआरहरू छन्।
जहाँगीर खान सीमामा पक्राउ परेको समाचार भारतभरि सनसनीरुपमा फैलिरहँदा झापा प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । भारतीय प्रहरीले काँकडभिट्टाको चन्दा होटेलबाट उनलाई पक्राउ गरेको जनाए पनि त्यसबारे आधिकारिक जानकारी नरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईँले बताए ।