२०८३ जेष्ठ २३ गते , शनिबार

रास्वपा झापाको अधिवेशन आज, को बन्ला नयाँ सभापति ?

sajilo news
झापा
२०८३ जेष्ठ २३ गते , शनिबार
रास्वपा झापाको अधिवेशन आज, को बन्ला नयाँ सभापति ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी झापाको आज पहिलो अधिवेशन हुने भएको छ । बिर्तामोडको चिरायु होटलको सभा हलमा बिहान ११ बजेदेखि अधिवेशन शुरु हुने कार्यक्रम रहेको छ । अधिवेशनमा जिल्ला सभापतिका लागि सात जना आकांक्षी देखिएका छन् ।

लक्ष्मण बस्नेत, ओम भण्डारी, राजेन्द्र खनाल, शम्भु भण्डारी, लक्की सिटौला, अर्जुन मैनाली, मेदनी प्रसाईँ जिल्ला सभापतिका आकांक्षी देखिएका हुन् । त्यसमध्ये लक्ष्मण बस्नेत र ओम भण्डारी प्रबल दाबेदार मानिएका छन् ।

विरोध सुवेदी सचिवको आकांक्षी रहेको बुझिएको छ । अधिवेशनमा पालिकाका प्रतिनिधि, विभिन्न विभागका प्रतिनिधि, पुरानो समितिलगायत गरी करिब हजार जनाले भाग लिने जनाइएको छ ।

सम्बन्धित समाचार