२०८३ जेष्ठ १४ गते , विहीबार

सूर्यवंशीले बनाए नयाँ कीर्तिमान, राजस्थान रोयल्सले हैदरावादलाई हरायो

sajilo news
एजेन्सी
२०८३ जेष्ठ १४ गते , विहीबार
सूर्यवंशीले बनाए नयाँ कीर्तिमान, राजस्थान रोयल्सले हैदरावादलाई हरायो

सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल)को अन्तिम चारबाटै बाहिरिएको छ। राजस्थान रोयल्सले हैदरावादलाई ४७ रनले हराएर क्वालिफायर टु मा स्थान बनाएको छ।

न्यू चण्डीगढमा बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९ दशलवल २ ओभरमा १‌सय ९६ रनमै अलआउट भयो।  अब राजस्थानले फाइनल प्रवेशका लागि क्वालिफायर टु मा गुजरात टाइटन्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेले पछि विशाल स्कोर बनेको थियो। उनले १२ छक्का र ५ चौका प्रहार गर्दै हैदराबादका बलरमाथि दबाब बनाए।

सूर्यवंशी आइपीएल इतिहासकै सबैभन्दा छिटो शतक बनाउने क्रिस गेलको कीर्तिमान तोड्ने नजिक पुगे पनि ३० बलमै शतक बनाउने अवसर गुमाउँदै ९७ रनमा आउट भए। सूर्यवंशीले आफ्नो इनिङ्सका क्रममा टि ट्वान्टी प्रतियोगिताको एउटै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाए। उनले अहिलेसम्म ६३ छक्का हानेका छन्। 

राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनायो। सूर्यवंशीपछि ध्रुव जुरेलले २१ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई विशाल स्कोरसम्म पुर्‍याए। हैदराबादका लागि प्रफुल्ल प्रकाश हेड्गेले ३ विकेट लिए।जवाफमा हैदराबादले आक्रामक सुरुआत गरे पनि जोफ्रा आर्चरले पावरप्लेमा ३ विकेट लिएपछि टोली दबाबमा परेको थियो। 

उनले सुरुमै अभिषेक शर्मा‌लाई  शून्यमा आउट  त्यसपछि उनले इशान किशन ३३ रनमा आउट गरेका थिए भने ट्राभिस हेडलाई १७ रनमा पेभिलियन फर्काए। हैदराबादका लागि नितिश रेड्डीले ३८ रन, अरौराले ३५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।राजस्थानका लागि आर्चरले ३ विकेट लिए भने बर्गरले २ विकेट हात पारे। दोस्रो क्वालिफायरमा राजस्थानले शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ।

सम्बन्धित समाचार