२०८३ श्रावण ३१ गते , आईतबार
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितिन्
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी खड्काले उपाधि जितेकी हुन्।
फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरे। जितसँगै खड्काले १० लाख रुपैयाँ नगद प्राप्त गरेकी छन्।
फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए। भ्वाइस किड्स हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुँदै आएको छ।