२०८३ जेष्ठ ७ गते , विहीबार

एसईईमा ग्यालेक्सी स्कूल भद्रपुरको नतिजा नगरकै उत्कृष्ट, ग्रेडेड हुने विद्यार्थीलाई सम्मान

sajilo news
झापा
२०८३ जेष्ठ ७ गते , विहीबार
एसईईमा ग्यालेक्सी स्कूल भद्रपुरको नतिजा नगरकै उत्कृष्ट, ग्रेडेड हुने विद्यार्थीलाई सम्मान

भद्रपुर । भद्रपुर नगरपालिका-९ प्रणामी टोलस्थित ग्यालेक्सी इङ्लिस स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नगरमै उत्कृष्ट नजिता ल्याउन सफल भएको छ । विद्यालयले एसइईमा शतप्रतिशत नतिजा हासिल गरेको अवसरमा ग्रेडेड हुने २३ जना विद्यार्थीहरूलाई आज एक कार्यक्रमबीच सम्मान गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । २३ जना विद्यार्थीमध्ये ३.६० जिपिएभन्दा माथि ल्याउने आठ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै ३.२० जिपिएभन्दा माथि ल्याउन १४ जना र २.८० जिपिएभन्दा माथि ल्याउने एक जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

गत वर्ष २०८१ को एसइई नतिजामा ग्यालेक्सीबाट ९१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएको विद्यालयका सहायक प्रिन्सिपल विवेक चम्लागाईं जानकारी दिए । साथै यस विद्यालयले कक्षा ५ र कक्षा ८ नगरस्तीय परीक्षामा समेत निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको  सहायक प्रिन्सिपलको भनाई छ । ग्यालेक्सी इङ्लिस स्कूलको व्यवस्थापन समूहले २०६९ सालदेखि भद्रपुर ८, सगरमाथा चोक क्षेत्रमा विद्यालय सञ्चालन प्रारम्भ गरेको थियो । त्यसपश्चात् २०७३ सालदेखि भद्रपुर ९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको फराकिलो तथा शान्त वातावरणमा विद्यालय सञ्चालन हुँदै आएको छ । विद्यालय क्षेत्रको व्यवस्थापन गरी, विद्यार्थी निहित फरक प्रतिभालाई अभ्यास गराउन फराकिलो खेल मैदान, खेल प्रशिक्षक, नृत्य सङ्गीत कक्षा, बालमैत्री कक्षाकोठा र समयसापेक्ष प्रविधिको प्रयोगको साथ व्यवस्थापन गरी, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्दै आइरहेको विद्यालयका सञ्चालकका समितिका सदस्य सुनिल घिमिरेले बताए। 

ग्यालेक्सीले गत वर्षदेखि कक्षा ११ को पठनपाठनको सुरुवात गरेको थियो । कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषय सञ्चालन भइरहेको यस विद्यालयमा भर्ना पनि खुलेको विद्यालयका प्राध्यापक कृष्णकुमार मैनालीले जानकारी दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष रौनक वंशलको अध्यक्षतामा तथा नगर शिक्षा शाखा प्रमुख पवित्रा ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालकहरू नितेश अग्रवाल, सुनिल घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतको उपस्थिति रहेको थियो । उच्च माध्यमिक तहका प्राचार्य देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको उच्च माध्यमिक तह संयोजक लक्ष्मण नेपालले सञ्चालन गरेका थिए । 

 

 

सम्बन्धित समाचार