२०८३ जेष्ठ ६ गते , बुधबार
आइपीएलमा राजस्थानको प्लेअफ सम्भावना बलियो
इन्डियन प्रिमियर लिग (आईपीएल)मा मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई सात विकेटले पराजित गरेको छ। र, आफ्नो प्ले अफ सम्भावना बलियो बनाएको छ।
जयपुरमा भएको खेलमा लखनउले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २० रन बनाएको थियो। त्यसमा ओपनर मिचेल मार्सको ९६ रनको योगदान रह्यो। जवाफमा राजस्थानले १९ दशलमव १ ओभरमा तीन विकेट गुमाएर २ सय २५ रन बनाएको थियो।
त्यस जितका नायक रहे वैभव सूर्यवंशी। उनले ३८ बलमा ९३ रन बनाए। उनले सात चौका र दस छक्का प्रहार गरे। यस्तै ध्रुव जुरेलले ३८ बलमा ५३ रन बनाएर नटअआउट रहे। यो जितपछि राजस्थान १४ अंकमा चौथो स्थानमा उक्लियो भने लखनउ आठ अंकमा दशौं स्थानमा छ। प्रतियोगितामा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।