२०८३ जेष्ठ ६ गते , बुधबार
मेचीनगरमा निर्माणाधीन ट्याङ्कीबाट लडेर एक मजदुरको मृत्यु
झापाको मेचीनगरमा निर्माणाधीन खानेपानी ट्याङ्कीबाट लडेर एक मजदुरको मृत्यु भएको छ। आज दिउँसो करिब साढे १२ बजे मेचीनगर नगरपालिका–५ शान्ति टोलका ५२ वर्षीय दिननाथ पराजुली ट्याङ्कीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा तीन तला माथिबाट अचानक लडेर गम्भीर घाइते भएका थिए।
घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।