भद्रपुरमा एसइई नतिजा : दुई विद्यालयको शतप्रतिशत नतिजा, एमरेल्डका खरेलले ल्याए ४ जीपीए
भद्रपुर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाअनुसार भद्रपुर नगरपालिका क्षेत्रका विद्यालयहरूको नतिजा मिश्रित देखिएको छ । केही विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ ।
नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरूमध्ये एमरेल्ड एकाडेमीका छात्र आदित्यराज खरेलले मात्र ४ जीपीए ल्याएका छन् । भद्रपुर नगर शिक्षा शाखाका अनुसार ग्यालेक्सी इङ्लिस स्कूल र भानु स्मृति आवासीय माविले मात्र शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै निजी विद्यालयतर्फ प्रज्ञा एकाडेमी, हिमालयन इङ्लिस स्कुल, आदर्श नमुना, सेन्टर कुजुर, एसएस निकेतन अङ्ग्रेजी मावि लगायतका विद्यालयले पनि राम्रो नतिजा निकालेका छन् ।
निजी विद्यालयतर्फ
१. ग्लालेक्सी इङ्लिस स्कुल – २३ सहभागीमध्ये २३ जना उत्तीर्ण, १०० प्रतिशत
२. भानु स्मृति आवासीय मावि – ६ सहभागीमध्ये ६ जना उत्तीर्ण, १०० प्रतिशत
३. प्रज्ञा एकाडेमी – ८८ सहभागीमध्ये ८३ जना उत्तीर्ण, ९४.३ प्रतिशत
४. आदर्श नमुना – १६ सहभागीमध्ये १५ जना उत्तीर्ण, ९३.७५ प्रतिशत
५. हिमालयन बोर्डिङ स्कुल – १६ सहभागीमध्ये १५ जना उत्तीर्ण, ९३.७५ प्रतिशत
६. एसएस निकेतन अंग्रेजी मावि – ६० सहभागीमध्ये ५३ जना उत्तीर्ण, ८८.३ प्रतिशत
७. सेन्ट कुजुर – ९ सहभागीमध्ये ८ जना उत्तीर्ण, ८८.९ प्रतिशत
८. मेरिगोल्ड इङ्लिस स्कुल – २५ सहभागीमध्ये २१ जना उत्तीर्ण, ८४ प्रतिशत
९. मोरान मेमोरियल – ३३ सहभागीमध्ये २७ जना उत्तीर्ण, ८१.८ प्रतिशत
१०. विभूति विद्या मन्दिर – ६३ सहभागीमध्ये ४९ जना उत्तीर्ण, ७७.८ प्रतिशत
११. एमरेल्ड एकाडेमी – ६९ सहभागीमध्ये ५१ जना उत्तीर्ण, ७३.९ प्रतिशत
१२. सिद्धार्थ शिशु सदन – ५६ सहभागीमध्ये ३९ जना उत्तीर्ण, ६९.६ प्रतिशत
१३. मुनाल एकाडेमी सेन्ट जुभियर – ३७ सहभागीमध्ये २५ जना उत्तीर्ण, ६७.६ प्रतिशत
१४. मोर्डन इङ्लिस स्कुल – ३ सहभागीमध्ये २ जना उत्तीर्ण, ६६.७ प्रतिशत
१५. विदुर बोर्डिङ स्कुल – १६ सहभागीमध्ये १० जना उत्तीर्ण, ६२.५ प्रतिशत
१६. होली ल्याण्ड – ५५ सहभागीमध्ये ३४ जना उत्तीर्ण, ६१.८ प्रतिशत
१७. ज्ञान सरोवर – २० सहभागीमध्ये १२ जना उत्तीर्ण, ६० प्रतिशत
१८. इष्ट पोइन्ट – २४ सहभागीमध्ये १२ जना उत्तीर्ण, ५० प्रतिशत
१९. ग्रीन फिल्ड – २८ सहभागीमध्ये १२ जना उत्तीर्ण, ४२.९ प्रतिशत
२०. ब्राइट स्टार – ६ सहभागीमध्ये १ जना उत्तीर्ण, १६.७ प्रतिशत
सामुदायिक विद्यालयतर्फ
१. वीरेन्द्र मावि – १८८ सहभागीमध्ये १२४ जना उत्तीर्ण, ६६ प्रतिशत
२. अरनिको मावि – १८ सहभागीमध्ये ७ जना उत्तीर्ण, ३८.९ प्रतिशत
३. हिमाली मावि – ५४ सहभागीमध्ये १६ जना उत्तीर्ण, २९.६ प्रतिशत
४. सरस्वती मावि – २४ सहभागीमध्ये ६ जना उत्तीर्ण, २५ प्रतिशत
५. चन्द्रभानु मावि – ४३ सहभागीमध्ये ९ जना उत्तीर्ण, २०.९ प्रतिशत
६. भद्रपुर मावि – ३६ सहभागीमध्ये ७ जना उत्तीर्ण, १९.४ प्रतिशत
७. पुहाँतु मावि – ३९ सहभागीमध्ये ५ जना उत्तीर्ण, १२.८ प्रतिशत
८. सगरमाथा मावि – ४१ सहभागीमध्ये ४ जना उत्तीर्ण, ९.८ प्रतिशत
यस वर्ष भद्रपुर क्षेत्रका निजी विद्यालयको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ भने केही सामुदायिक विद्यालयले अपेक्षित नतिजा ल्याउन सकेनन् । शिक्षा क्षेत्रका सरोकारवालाले कमजोर नतिजा आएका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम आवश्यक रहेको शिक्षा विद्धहरूले बताएका छन् ।