२०८३ बैशाख १२ गते , शनिबार

प्रशिक्षण केन्द्र कलबलगुडीको जग्गामा काटिएको गोलिया काठ बरामद

sajilo news
झापा
२०८३ बैशाख ११ गते , शुक्रबार
प्रशिक्षण केन्द्र कलबलगुडीको जग्गामा काटिएको गोलिया काठ बरामद

बिर्तामोड नगरपालिका-३ आदर्श टोलमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कलबलगुडी भद्रपुरको जग्गामा काटिएको सय क्युफिट गोलिया काठ बरामद गरिएको छ ।

डिभिजन वन कार्यालय झापा र सब डिभिजन कार्यालय सुरुङ्गाको संयुक्त टोलीले लुकिछिपी काटिएको ३८ वटा कदम जातका गोलिया आज बरामद गरेको हो । सरकारी जग्गामा रहेको रुख काट्दै गरेको भनेर बिर्तामोड नगरपालिकाले डिभिजन वन कार्यालयलाई जानकारी गराएको थियो ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कलबलगुडी भद्रपुरको नाममा रहेको ४ बिघा जग्गा कल्पना पाठकको परिवारले कमाउँदै आएका छन् । सो जग्गाको छेउमा बग्ने अधुवा खोलाको बगरमा लगभग तीन कट्ठा जग्गामा लगाइएको कदमको रुख काटिएको हो ।

करिब सय वटा रुख रहेकोमा ७ वटा काट्दै गर्दा वन रक्षकको टोली आइपुगेको थियो । रुख काट्ने र काट्न लगाउनेहरू फरार भएका छन् । त्यस सम्बन्धमा सब डिभिजन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत स्वस्तिक नन्दन सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार