२०८२ चैत्र २६ गते , विहीबार

छिमेकीमाथि बन्चरो प्रहार गर्ने बुद्धशान्तिका तीन दाजुभाइ पक्राउ

sajilo news
झापा
२०८२ चैत्र २४ गते , मंगलबार
छिमेकीमाथि बन्चरो प्रहार गर्ने बुद्धशान्तिका तीन दाजुभाइ पक्राउ

झापाको बुद्धशान्तिमा छिमेकी दाजुभाइलाई बन्चरो प्रहार गर्ने तीन दाजुभाइ पक्राउ परेका छन् । हिजो बिहान ८;३० बजेतिर बुद्धशान्ति-२ प्रगति टोल बस्ने ५५ वर्षीय रुद्रप्रसाद भट्टराई र उनका भाइ ५० वर्षीय हरिप्रसाद भट्टराईलाई सोही ठाउँ बस्ने ४९ वर्षीय खडानन्द सुवेदी, उनका भाइहरू ख्यामु सुवेदी र धर्मानन्द सुवेदीले अदालतबाट फैसला भएबमोजिम स्थानीय भद्रभदलामी र जनप्रतिनिधिको उपस्थितिमा जग्गा छुट्याउने विषयलाई लिएर विवाद हुँदा बन्चरो प्रहार गरेका हुन् ।

ख्यामु सुवेदीले साथमा बोकी ल्याएको बन्चरोले हरिप्रसाद भट्टराईको संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घाइतेको हाल बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ख्यामु सुवेदी लगायत धर्मानन्द सुवेदी र खडानन्द सुवेदीलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार