२०८२ चैत्र १५ गते , आईतबार
झापाका सुरक्षा निकाय 'हाई अलर्ट' मा
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा सम्भावित घटना हुनसक्ने देखेर झापामा सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय , सबै इलाका प्रहरी कार्यालयहरू र प्रहरी चौकीसम्मलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन आएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
यसैबीच नेकपा एमाले झापाको जिल्ला कमिटीको बैठक ११ बजे बस्दैछ । त्यसले विरोध कार्यक्रम तय गर्ने भएको छ । एमालेनिकट युवा संघको पनि विरोध कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।