२०८२ चैत्र १५ गते , आईतबार

बाढीका कारण बीपी राजमार्ग अवरुद्ध

sajilo news
झापा
२०८२ चैत्र १३ गते , शुक्रबार
बाढीका कारण बीपी राजमार्ग अवरुद्ध

रोशी गाउँपालिका-९ बिरुवा डाँडास्थित बिपि राजमार्गमा वर्षाका कारण खहरे खोलामा बाढी आई सडकमा सवारी साधनको आवतजावत अवरुद्ध भएको छ। सबै सडक प्रयोगकर्ताहरूलाई सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरीले अनुरोध गरेको छ। निरन्तर पानी परिरहेको र राजमार्ग निर्माण काम समेत अवरुद्ध भएको काभ्रेका ट्राफिक प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिए। रोशी पालिकाभित्र खहरे खोलाहरूमा बाढी आइरहेका कारण राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको धाजुले बताए।

सम्बन्धित समाचार