२०८२ चैत्र १५ गते , आईतबार

भद्रपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
झापा
२०८२ चैत्र १३ गते , शुक्रबार
भद्रपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ

झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–७ बिर्ता बजारका अन्दाजी २८ वर्षीय अजय ऋदेब, बिर्तामोड–३ सैनिक मोडका अन्दाजी २७ वर्षीय रस्को मुर्मु र सोही वडा हर्कलाल मार्गका अन्दाजी ३२ वर्षीय सरोज कार्की रहेका छन्। बिहीबार दिउँसो ३ बजेको समयमा भद्रपुर नगरपालिका–४ डाँगीवारि क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागी जाँच गर्दा पक्राउ गरेको हो।

प्रहरीका अनुसार शरीर खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा ३ ग्राम १० मिलिग्राम बरामद भएको छ। 

त्यस्तै हिजै दिउँसो २:३० बजेको समयमा भद्रपुर नगरपालिका-५ स्थित राजन चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री देश भारत पश्चिम बङ्गाल दिनासपुर घर भई हाल बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने अन्दाजी ३३ वर्षीय  मो. जाबिर आलमलाई शङ्का लागि चेकजाँच प्लास्टिक सहित ५ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार