२०८२ चैत्र १५ गते , आईतबार

बालेन रास्वपा संसदीय दलको नेता चयन, भोलि प्रधानमन्त्री बन्दै

sajilo news
झापा
२०८२ चैत्र १२ गते , विहीबार
बालेन रास्वपा संसदीय दलको नेता चयन, भोलि प्रधानमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन्। रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो। 

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए। बालेनलाई सर्वसम्मत रुपमा संसदीय दलको चयन गरेसँगै उनको प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ । 

भोलि १३ गते शुक्रवार दिउँसो १२ बजेपछि नव नियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार