२०८२ चैत्र १२ गते , विहीबार

दमकमा आगलागी हुँदा दुई हजार कुखुरा जलेर मरे

sajilo news
झापा
२०८२ चैत्र ११ गते , बुधबार
दमकमा आगलागी हुँदा दुई हजार कुखुरा जलेर मरे

झापाको दमकमा विद्युत सर्ट भई आगलागी हुँदा दुई हजार कुखुरा जलेर मरेका छन् । हिजो साँझ ६ः२० बजे दमक ८ रुपाटोल बस्ने खगेन्द्र निरौलाको कुखुराको फार्ममा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीमा परी दुई हजार कुखुरा जलेर मरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमान्डमा १० जनाको टोली खटिएर दमक नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार