२०८३ बैशाख ३ गते , विहीबार

इँटा उद्योगले दिएन ज्याला, २३ भारतीय कामदारको उद्धार

sajilo news
झापा
२०८२ चैत्र ७ गते , शनिबार
इँटा उद्योगले दिएन ज्याला, २३ भारतीय कामदारको उद्धार

सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारलाई उद्धार गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ पत्थरगाढा स्थित राजु साहले सञ्चालन गर्दै आएको बाबा धर्मराज (बिडिआर) इँटा उद्योगमा काम गर्ने भारतको आसामका २३ जना कामदारलाई मानवअधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले बिहीबार उद्धार गरेको हो ।

इँटा उद्योगमा जबरजस्ती काम लगाएको तथा ज्याला नदिएको भन्ने अनलाइन उजुरी प्राप्त भएपछि स्थलगत निरीक्षण गरी कामदारलाई उद्धार गरिएको मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।

उनले जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्य र समन्वयमा उक्त उद्योगमा ठेकेदारमार्फत काम गर्न आएका २३ जना भारतीय नागरिक कामदारलाई उद्धार गरी आयोगको टोलीले जनकपुर ल्याएको बताए ।

उद्धार गरिएका मध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका छन् । प्रक्रिया पुर्‍याएर भारतीय कामदारहरुलाई परिवारजनको जिम्मा लगाउने र इँटा उद्योग सञ्चालक उपर कानुन बमोजिम कारवाही अगाडि बढाउने मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले जनाएको छ ।

सम्बन्धित समाचार