२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलमा कुखुरा फर्ममा आगलागी, करिब ४ लाखको क्षति

sajilo news
झापा
२०८२ चैत्र ७ गते , शनिबार
कचनकवलमा कुखुरा फर्ममा आगलागी, करिब ४ लाखको क्षति

झापाको कचनकवलमा कुखुरा फर्ममा विद्युत् सर्ट भई आगलागी भएको छ । आज दिउँसो १२ः२० बजे कचनकवल गाउँपालिका-४ खुट्टामुनि बस्ने जमाल मियाँले सञ्चालन गरेको बोइलर कुखुराको फर्ममा अचानक बिद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट बोइलर कुखुराको चल्ला १४ सय वटा, प्लास्टिकको पानी र दाना बट्टा –२०० सेट , दाना १३ बोरा , भुस–३० बोरालगायत गरी करिब ४ लाख बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयहरूको सहयोगमा आगो निभाइएको थियो ।

सम्बन्धित समाचार