२०८३ बैशाख ३ गते , विहीबार
बिर्तामोडमा भन्सार छलिका सामानसहित दुई वटा ट्याम्पो नियन्त्रण
भद्रपुर । भन्सार छलिका सामानसहित दुई वटा ट्याम्पो बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले
आज बिहानको राति २ बजे अर्जुनधारा नगरपालिका-६ स्थित चिया बगानमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै ट्याम्पोहरुलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा ट्याम्पोभित्र पर्दा, सारी, कुर्था सुरुवाल, ढाका लगायतका विभिन्न किसिमका अन्दाजी ५ लाख मूल्य बराबरको कपडा फेला परेको थियो ।
ती सामानसहित मे १ ह ६३५५ नम्बरको ट्याम्पो तथा चालक मेचीनगर नगरपालिका-७ का ४० वर्षीय सुबिन्द्र जोगी र मे १ ह ७२९४ नम्बरको ट्याम्पो तथा चालक भोजपुर हतुवागढी गाउँपालिका-५ घर भई मेचीनगर नगरपालिका-७ का ३५ वर्षीय भमदल राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।