२०८३ बैशाख ३ गते , विहीबार

नेपाल–भारत सीमानजिक दमकका व्यवसायी न्यौपाने मृत फेला

sajilo news
झापा
२०८२ चैत्र ५ गते , विहीबार
नेपाल–भारत सीमानजिक दमकका व्यवसायी न्यौपाने मृत फेला

नेपाल–भारत सीमानजिक दमकका व्यवसायी रुपनारायण न्यौपाने मृत फेला परेका छन् । सीमादेखि करिव सय मिटर उत्तर गौरीगंज गाउँपालिका-१ स्थित आफन्त बलराम थपलियाको टिकको बगानमा रहेको मसलाको बोटमा झुन्डिएको अबस्थामा ४८ वर्षीय न्यौपाने आज बिहान मृत फेला परेका हुन् ।

शिवसताक्षी नगरपालिका-१ स्थायी ठेगाना भई दमकमा इलेक्ट्रोनिक्स पसल र ठेक्कापट्टा गर्दै आएका न्यौपाने वाइरिङ गर्ने तारले घाँटीमा पासो लागेको अबस्थामा भेटिएका हुन् । बिहान ८ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको प्रदेश १–०१–०१७ प ८९२८ नं मोटरसाइकल घटनास्थलदेखि करिव ५ सय मिटर उत्तर फेला परेको थियो । आफन्तहरुले शंकास्पद मृत्यु भएको आशंका गरेपनि प्रहरीले न्यौपाने झुन्डिएको घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार