२०८३ बैशाख ३ गते , विहीबार

झापा गाउँपालिकामा आगलागी, लाखौँको क्षति

sajilo news
झापा
२०८२ चैत्र ४ गते , बुधबार
झापा गाउँपालिकामा आगलागी, लाखौँको क्षति

झापा गाउँपालिकामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज दिउँसो ४;१३ बजे झापा गाउँपालिका-५ सिमलडाँगी बस्ने मुस्ताफा अलिको टाटी बेरा र टिनको छानो भएको एकतले घरमा बिद्युतको तार सर्ट भई अचानक आगलागी भएको हो । आगलागीबाट सुत्ने कोठा दुई वटा, गाई गोठ, भान्सा कोठा, घरभित्र रहेका अन्नपात,लत्ताकपडा ,भाडावर्तन ,डेढ तोला सुन,३० तोला चाँदी,नगद रु ८० हजार,फ्रिज,रंगिन टेलिभिजन र घरनजिकै राखेको मे ५ प२ १८६ नं. होन्डा साइन मोटरसाइकलसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ । उक्त आगलागीबाट अन्दाजी २० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमान्डमा टोली खटिएर भद्रपुरबाट आएको दमकल र स्थानीयको सहयोगमा साँझ ५;१५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार