२०८३ बैशाख ३ गते , विहीबार

कर्मचारी चौधरीको निधनले हल्दीबारी गाउँपालिकामा मंगलबार शोक बिदा

sajilo news
झापा
२०८२ चैत्र २ गते , सोमबार
कर्मचारी चौधरीको निधनले हल्दीबारी गाउँपालिकामा मंगलबार शोक बिदा

हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अन्तर्गत पशु सेवा शाखामा कार्यरत कर्मचारी सज्जन चौधरीको निधन भएकोले गाउँपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका अनुसार भद्रपुर नगरपालिका-६ निवासी चौधरी केही समयदेखि अस्वस्थ रहेका थिए। उनको उपचारका क्रममा ५७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।  चौधरीको निधनप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

यस दुःखद घटनाका कारण गाउँपालिकाले मंगलबार एक दिन अत्यावश्यक सेवा बाहेक सबै शाखा तथा वडा कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिए । 

सम्बन्धित समाचार