चलचित्र पत्रकार संघ झापाको अध्यक्षमा प्रधान
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा एकराज प्रधान सर्वसम्मत चयन भएका छन्। सोमबार बिर्तामोडमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले प्रधानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा सुरज प्रधान, सह–सचिवमा अभिषेक धमला र कोषाध्यक्षमा अस्मिता साँखी चयन भएका छन्। सदस्यहरूमा भरत प्रसाईँ, रविकिरण बान्तवा, सरोज भट्टराई, टिकाराम बास्तोला, देवीचन्द्र बास्कोटा, राजेश आचार्य, सोफिया खड्का, सन्देश सहनी, वीरेन्द्र तिवारी, सबिना लिम्बु, विजयराज भट्टराई र सपना रिमाल रहेका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा सुनिता तामाङ र विकिरण बान्तवा तथा प्रदेश प्रतिनिधिका रूपमा रमेश तिवारी, विष्णुकुल श्रेष्ठ, सुनिरा मैनाली, सन्तोष न्यौपाने, सन्तोष शर्मा र उद्धव पुरीलाई चयन गरेको छ।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक नरेन्द्र बस्नेत प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राई तथा नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य सुनिता तामाङले राखेकी थिइन् भने उद्घाटन सत्रको सञ्चालन सचिव एकराज प्रधानले गरेका थिए।