२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा छुरा प्रहारबाट एक व्यक्ति घाइते

sajilo news
झापा
२०८२ फाल्गुन ३० गते , शनिबार
बिर्तामोडमा छुरा प्रहारबाट एक व्यक्ति घाइते

झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । दमक नगरपालिका-७ बस्ने वर्ष १८ को अभिषेक लिम्बुमाथि आज साँझ ६ बजे छुरा प्रहार भएको हो । प्रहरीका अनुसार बिर्ता सिटी अस्पताल अघि सस्तो भोजनालय अगाडि लिम्बुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

लिम्बुमाथि मेचीनगर नगरपालिका १० बस्ने विशाल चौधरीले छुरा हानेका हुन् । लिम्बुको दायाँ तिघ्रामा छुरा प्रहार भएको छ । उनको बिर्ता सिटी अस्पतालमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । जुरा प्रहार गर्ने चौधरीलाई इप्रका बिर्तामोडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार