२०८३ बैशाख ३ गते , विहीबार
कमल गाउँपालिकाका वडा सदस्य गुरुङको निधन
झापाको कमल गाउँपालिका-३ का वडा सदस्य एङ्गल गुरुङको निधन भएको छ । ४४ वर्षीय गुरुङको हृदयाघातका कारण बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गुरुङ करिब एक महिना अगाडी हृदयाघातका कारण बिरामी भई उपचारपछि सामान्य अवस्थामा फर्किएका थिए । तर गए राति पुनः सोही समस्या दोहोरिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा गुरुङको निधन भएको उनका काका चक्रबहादुर गुरुङले बताए । गुरुङका श्रीमती र १ छोरी रहेका छन् ।