२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा चिरान काठ बोकेको पिकअप गाडी नियन्त्रणमा

sajilo news
झापा
२०८२ फाल्गुन २८ गते , विहीबार
बिर्तामोडमा चिरान काठ बोकेको पिकअप गाडी नियन्त्रणमा

बिर्तामोडमा अनुमतिविनाको चिरान काठ बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिउँसो करिब १२ बजे बिर्तामोड-३ सैनिक मोडमा चारआलीबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र–१–०१–००२ च ६५४३ नम्बरको पिकअप गाडीमा सखुवा जातको चिरान काठ फेला परेको हो । गाडीमा ६ वटा ढोका र ४ वटा झ्यालको चौखट रहेको छ ।

गाडीसँगै चालक हल्दिवारी १ बस्ने सञ्जय कार्की र सहचालक विशाल लिम्बू पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सम्बन्धित समाचार