२०८३ बैशाख ३ गते , विहीबार
नेकपाकी उम्मेदवार चापागाँईको घरमा चोरी
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा २ मा उम्मेदवार बनेकी धर्मशीला चापागाईँको घरमा चोरी भएको छ । हिजो राति अर्जुनधारा नगरपालिका-५ देवभूमि स्कुल छेउ चापागाईँको अढाई तले घरमा कोही नभएको अवस्थामा घरको मूल ढोका फोडी घरभित्र कोठाको दराजमा रहेको नगद ५० हजार चोरी भएको हो ।
चापागाईँ काठमाडौँ गएकी छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।