२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर नाकाबाट तीन जना किशोरको उद्धार

sajilo news
झापा
२०८२ फाल्गुन २६ गते , मंगलबार
भद्रपुर नाकाबाट तीन जना किशोरको उद्धार

भद्रपुर नाकाबाट तीन जना किशोरको उद्धार गरिएको छ । गएराति ९ बजे भद्रपुर नगरपालिका-५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जना किशोरलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) ले उद्धार गरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएको हो ।

उद्धार गरिएका किशोरहरूमा बिर्तामोड नगरपालिका १ बस्ने देवराज उप्रेतीका छोरा वर्ष १७ का नयन उप्रेती, सोही ठाउँ बस्ने खगेन्द्र चौलागाईका छोरा अन्दाजी वर्ष १४ को सौगात चौलागाई र शनिश्चरे रोड बस्ने आशिष् लिम्बूका छोरा वर्ष १६ का आयुस लिम्बू रहेका छन् । प्रहरीले उनीहरूलाई बिर्तामोडमा ल्याई नमस्ते बालगृहमा राखेका थिए । 

सम्बन्धित समाचार