२०८३ बैशाख ३ गते , विहीबार

अटो दुर्घटना हुँदा चारजनाको मृत्यु

sajilo news
झापा
२०८२ फाल्गुन २३ गते , शनिबार
अटो दुर्घटना हुँदा चारजनाको मृत्यु

चितवनको कालिकामा अटो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कालिका नगरपालिका–९ मा दुर्घटना भएको हो । कालिकाको उपरदाङढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र ०६ –००१ ह ०३१५ नम्बरको अटो नालीमा खस्दा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार