२०८३ बैशाख ३ गते , विहीबार

राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका पाठक निर्वाचित

sajilo news
पार्थ मण्डल
२०८२ फाल्गुन २३ गते , शनिबार
राप्रपा अध्यक्ष लिङ्देनलाई पराजित गर्दै झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा । झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भएका छन् । रास्वपाका पाठकले निकटतम प्रतिस्पर्धी राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पराजित गरेका हुन् । पाठकले लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् ।

पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देनले १७ हजार २९४ मत ल्याएका छन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन विजयी भएका थिए । उनले त्यस बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र रास्वपाका पाठकलाई पराजित गरेका थिए । 

त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम, संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत ल्याएका छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो । 

सम्बन्धित समाचार