२०८३ बैशाख ३ गते , विहीबार

झापा- ५ : ओली भन्दा बालेन २८ हजार ९९१ मतले अगाडि

sajilo news
झापा
२०८२ फाल्गुन २३ गते , शनिबार
झापा- ५ : ओली भन्दा बालेन २८ हजार ९९१ मतले अगाडि

झापा ५ बाट उम्मेदवार बनेका रास्वपा वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम राखेका छन् । उनी निर्वाचित हुने निश्चितजस्तै भएको छ । 

पछिल्लो मतपरिणामअनुसार झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले ३९ हजार २ सय ८४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बालेन शाह ओली भन्दा २८ हजार ९९१ मतले अगाडि छन् ।

यसैगरी, एमाले अध्यक्ष केपी ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीले ६ हजार ३२४, कांग्रेसले १०९६ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ९४१ मत प्राप्त गरेका छन् । अहिले यहाँ शान्तिपूर्ण रूपमा मतगणना जारी छ । 

सम्बन्धित समाचार