प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपा पहिलो दल, रास्वपा १६ सिटमा विजयी
प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।
रास्वपाको ११० बढी स्थानमा अग्रता छ । यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १६ सिट, कांग्रेसले ५ सिट, एमाले र नेकपाले १/१ सिट जितेको छ।
रास्वपा १०१ सिटमा अग्रता लिदा एमाले, कांग्रेस र नेकपा लगभग १०/११ सिटमात्र अग्रता लिएका छन्। समानुपातिक तर्फ ३९,४८३ मत गणना गर्दा रास्वपाले ५७ प्रतिशत र कांग्रेसले ११, एमाले र राप्रपाले ८ प्रतिशत मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी - १६ सिट
- रुबिना आचार्य मोरङ-६
- मनिष झा धनुषा-३
- सन्तोष राजवंशी मोरङ-४
- बिना गुरुङ्ग कास्की-३
- प्रदिप विष्ट काठमाडौं-१०
- डोल प्रसाद अर्याल काठमाडौं-९
- सुरेश कुमार चौधरी बाँके-१
- उत्तम प्रसाद पौडेल कास्की-२
- सस्मित पोखरेल काठमाडौं-५
- पुकार बम काठमाडौं-४
- कन्हैया बनिया रूपन्देही-४
- शिशिर खनाल काठमाडौं-६
- गणेश पराजुली काठमाडौं-७
- विराज भक्त श्रेष्ठ काठमाडौं-८
- राजु नाथ पाण्डे काठमाडौं-३
- रन्जु न्यौपाने काठमाडौं-१
नेपाली काँग्रेस - ५ सिट
- बासना थापा दैलेख-१
- सन्तोष सुब्वा तेह्रथुम-१
- मोहन आचार्य रसुवा-१
- योगेश गौचन थकाली मुस्ताङ-१
- टेक बहादुर गुरुङ मनाङ-१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - १ सिट
मोहम्मद इश्तियाक राई
नेपाली कम्युनिष्ट पार्टी - १ सिट
पुष्प कमल दाहाल प्रचण्ड