२०८३ बैशाख ३ गते , विहीबार

चट्याङले लागेर इलाममा तीन जना घाइते

sajilo news
इलाम
२०८२ फाल्गुन १२ गते , मंगलबार
चट्याङले लागेर इलाममा तीन जना घाइते

वर्षासँगै परेको चट्याङले लागेर इलाममा तीन जना घाइते भएका छन् । आज दिउँसो १ बजेतिर इलाम नगरपालिका ३ पुवामझुवामा चट्याङले लागेर उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा इलाम ३ पुवामझुवा बस्ने वर्ष ३० का पुष्पलाल विष्ट, सोही ठाउँ बस्ने वर्ष ४० का तारा खत्री र वर्ष ८२ का तिलककुमार खत्री रहेका छन् ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याइ उपचार भइरहेकोमा गम्भीर अवस्थाका पुष्पलाल विष्टलाई थप उपचारका लागि बिर्तामोड रिफर गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार