२०८३ बैशाख ३ गते , विहीबार
प्रतिनिधि सभाको निर्वाचन : ६ दिन सार्वजनिक बिदा
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन सरकारलाई आग्रह गरेको थियो। फागुन १९ तराईमा फागु पूर्णिमा (होली), फागुन २३ गते शनिबार र फागुन २४ गते नारी दिवसको बिदा परेकोले योसँगै लगातार ६ दिन सार्वजनिक बिदा हुने भएको छ ।