२०८२ चैत्र १२ गते , विहीबार

टेलर स्विफ्ट विश्वकै सबैभन्दा बढी बिक्री हुने कलाकार

sajilo news
एजेन्सी
२०८२ फाल्गुन ११ गते , सोमबार
टेलर स्विफ्ट विश्वकै सबैभन्दा बढी बिक्री हुने कलाकार

अमेरिकी गायिका टेलर स्विफ्ट सन् २०२५ की विश्वकै सबैभन्दा बढी बिक्री हुने (वेष्टसेलिङ) कलाकार घोषित भएकी छिन् । अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था आईएफपीआईले उक्त जानकारी दिएको हो ।

स्विफ्टले लगातार छैटौं पटक ‘ग्लोबल रेकर्डिङ आर्टिस्ट अफ द इयर’ उपाधि जितेकी छिन् । आईएफपीआईका अनुसार यो उपलब्धि उनको पछिल्लो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ को उल्लेखनीय सफलतापछि सम्भव भएको हो ।

विलबोर्डका अनुसार उक्त एल्बमले रिलिज भएको पहिलो सातामै आधुनिक युगका अन्य कुनै पनि एल्बमभन्दा बढीप्रतिहरू बिक्री गरेको थियो । बिलबोर्डले यो तथ्यांक लुमिनेटको डाटालाई उद्धृत गर्दै सार्वजनिक गरेको हो ।

आईएफपीआईले जनाएको अनुसार एल्बम रिलिजपछि र उनको टुरसम्बन्धी डकुमेन्ट्री ‘द इण्ड अफ एन इरा’ सार्वजनिक भएपछि स्विफ्टले स्ट्रिमिङ, डिजिटल डाउनलोड तथा फिजिकल फर्म्याट सबै माध्यममा विश्वव्यापी रूपमा ठूलो सहभागिता प्राप्त गरेका छन्।

स्विफ्ट पहिलोपटक सन् २०१४ मा आईएफपीआईको ‘ग्लोबल रेकर्डिङ आर्टिस्ट अफ द इयर’ घोषित भएकी थिइन् । त्यसपछि उनले सन् २०१९ मा तथा सन् २०२२ देखि २०२४ सम्म लगातार उक्त उपाधि जितेकी थिइन् । पछिल्लो दशकमा अन्य सबै कलाकारले जितेको कुल उपाधिको संख्यासँग बराबरी हुनेगरी अब स्विफ्टले एक्लैले उपाधि जितिसकेकी छिन् ।

आईएफपीआईका अनुसार यो अवार्ड कलाकार वा समूहले क्यालेन्डर वर्षभरि स्ट्रिमिङ, डाउनलोड तथा फिजिकल संगीत फर्म्याटमा गरेको विश्वव्यापी बिक्रीका आधारमा निर्धारण गरिन्छ, जसमा कलाकारको सम्पूर्ण क्याटलग समेटिन्छ । यसवर्ष के–पप समूह स्ट्रिे क्डिस दोस्रो स्थानमा रह्यो भने क्यानडाली र्‍यापर ड्रेक तेस्रो स्थानमा परेको छ ।
 

सम्बन्धित समाचार