इलाममा ट्रकले किचेर बिर्तामोडका व्यवसायी भगतको मृत्यु
इलाममा ट्रकले किचेर बिर्तामोडका एक व्यवसायीको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आज बिहान ११ः३५ बजे इलाम सूर्योदय नगरपालिका-७ पाल्टाङेस्थित मेची राजमार्गमा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १५२० नं. को मोटरसाइकल चालक बिर्तामोड- ५ बस्ने वर्ष ३१ का टिंकु साहुले ब्रेक लगाउने क्रममा सोही मोटरसाइकलमा पछाडि सवार बिर्तामोडकै वर्ष ५० का मनोज चौधरी भगत अचानक मोटरसाइकलबाट लडेका थिए । सोही बेला विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नं. को ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा चौधरीको घटनास्थलमा मृत्यु भएको हो । मृतक चौधरी बिर्तामोडका कस्मेटिक व्यवसायी हुन् ।
अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट टोली खटिएको छ । मोटरसाइकल चालकलाई फिक्कल अस्पताल फिक्कलतर्फ पठाइएको छ । उनको अवस्था बोल्न सक्ने रहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ ७ बस्ने वर्ष ३० का हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।