२०८३ बैशाख ३ गते , विहीबार

वीरगञ्जमा पनि अनिश्चितकालीन ‘कर्फ्यू’

sajilo news
काठमाडौं
२०८२ फाल्गुन ११ गते , सोमबार
वीरगञ्जमा पनि अनिश्चितकालीन ‘कर्फ्यू’

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन ‘कर्फ्यू’ आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई  ‘कर्फ्यू’ लगाएका हुन् ।

 प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म  ‘कर्फ्यू’ लगाइएको छ । यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

 तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई पनि सन्चालन अनुमति दिइएको छ । हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

सम्बन्धित समाचार