२०८३ बैशाख ३ गते , विहीबार

झापामा पनि एमालेको झण्डा जलाइयो

sajilo news
झापा
२०८२ फाल्गुन ११ गते , सोमबार
झापामा पनि एमालेको झण्डा जलाइयो

दाङपछि झापामा पनि नेकपा एमालेको झण्डा जलाइएको छ । गएराति ११ बजेतिर झापा गाउँपालिका वडा न.६ शरणामतिस्थित बाटोमा अपरिचित व्यक्तिहरूले नेकपा एमाले पार्टीको सानो खालको झण्डा जलाएका हुन् । उनीहरूले एमालेको १३–१४वटा झण्डा जलाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शरणामतिमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव उपरीक्षक अनिल ठकुरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो ।

त्यस्तै प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार