२०८३ बैशाख ३ गते , विहीबार

निर्वाचन आयोगले घण्टी हल्लाउन र बजाउन रोक लगायो

sajilo news
झापा
२०८२ फाल्गुन १० गते , आईतबार
निर्वाचन आयोगले घण्टी हल्लाउन र बजाउन रोक लगायो

रास्वपाका नेता तथा कार्यकर्ताले अब बजार,टोलमा चुनावी प्रचारको नाममा घण्टी बजाउन नपाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्ने नगराउने भन्दै विज्ञप्ति जारी गरेको छ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले रास्वपाले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेको आरोप लगाउँदै आयोगमा उजुरी गरेको थियो। सामाजिक सञ्जालमा धार्मिक स्थानमा प्रयोग हुने घण्टीको दुरुपयोग भएकोबारे चर्को आलोचना भएपछि आयोगले आज उक्त निर्णय गरेको हो।
राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा आफ्ना चुनाव चिह्न छापेर प्रचार गर्न पाइने तर काठ वा धातुबाट बनाइएका त्यस्ता चिह्न लिएर प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको हो।

सम्बन्धित समाचार