२०८३ बैशाख ३ गते , विहीबार

बाह्रदशीमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

sajilo news
झापा
२०८२ फाल्गुन ७ गते , विहीबार
बाह्रदशीमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

झापाको बाह्रदशीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । आज बिहान ५:४५ बजे बाह्रदशी गाउँपालिका-१ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई अचानक आक्रमण गरेको थियो ।

लीलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्‍याइ गम्भीर घाइते बनाएको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार