२०८३ बैशाख ३ गते , विहीबार

झापाको कमलमा मिक्स्चर बोकेको ट्याक्टर पल्टिँदा १० जना घाइते

sajilo news
झापा
२०८२ फाल्गुन ७ गते , विहीबार
झापाको कमलमा मिक्स्चर बोकेको ट्याक्टर पल्टिँदा १० जना घाइते

झापाको कमलमा मिक्स्चर बोकेको ट्याक्टर पल्टिँदा १० जना घाइते भएका छन् । हिजो बिहान ९ बजे कमल गाउँपालिका- ४ सरस्वती टोलस्थित भित्री सडक खण्डमा दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्र.१–०१–००१त९६९६न.को मिक्स्चर बोकेको ट्याक्टर आफै अनियन्त्रित भई मिक्स्चरको भाग सडकबाट तल पल्टिएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएर ट्याक्टर र चालक इलाम चुलाचुली  ५ बस्ने वर्ष २४का भुवन बिकलाई नियन्त्रणमा लिएको छ ।

दमक अस्पताल दमकमा उपचार भइरहेका घाइतेहरू–
१.कमल गा.पा.२ बस्ने वर्ष४५का चित्रप्रसाद लिखासन दाहिने खुट्टामा चोट अवस्था मध्यम, बीएण्डसी अस्पताल बिर्तामोड रेफर भएको
२.दमक न.पा.४ बस्ने वर्ष ४२ का हरि राजवंशी कुममा चोट अवस्था मध्यम सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ३.कमल गा.पा.५बस्ने वर्ष ३०का सन्तोष ऋषिदेव अनुहारमा सामान्य चोट

दमक अस्पताल एन्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेका घाइतेहरू–
१..कमल गा.पा.६बस्ने वर्ष२८का सागर ढुङ्गाना टाउकोमा सामान्य चोट
२.बारा जितपुर सिम्रोनगढ न.पा.९बस्ने वर्ष३०का जोखूँ पासवान दाहिने खुट्टामा सामान्य चोट
३.रौतहट चन्द्रनिगाहपुर न.पा.३बस्ने वर्ष १८का जनक साह टाउकोमा सामान्य चोट
४.बारा सिम्रोनगढ न.पा.९बस्ने वर्ष ५०का राजदेव साह बायाँ खुट्टामा सामान्य चोट
५.दमक न.पा.८बस्ने वर्ष४२ का निमा विश्वकर्मा बायाँ हातमा सामान्य चोट
६..दमक न.पा.२बस्ने वर्ष ३४का गजेन्द्र बि.क. बायाँ हातमा सामान्य चोट
७..कमल गा.पा.५बस्ने वर्ष १८का सुमन नेपाली दाहिने हातमा सामान्य चोट

 

सम्बन्धित समाचार